काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह उपनिर्वाचन २०८१ मा पार्टीलाई अमूल्य मतदान दिने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बधाई दिँदै निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, जनमत निर्माणमा योगदान गर्ने जनसमुदाय, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवाद ज्ञापन गरेका…