रामेछाप । वर्षौंदेखि उपचार र पुनस्र्थापना सेवाको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविर आशाको किरण बनेको छ । आर्थिक अभाव, दुर्गम भौगोलिक अवस्था तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच नहुँदा घरमै सीमित जीवन बिताउन बाध्य नागरिकहरूले आफ्नै गाउँमा स्वास्थ्य परीक्षण, परामर्श तथा पुनस्र्थापना सेवा पाएपछि राहत महसुस गरेका…