वीरगञ्ज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाहको विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीयवासीहरूको गुनासो सुनेर मुआब्जा प्रक्रिया शीघ्र अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। मन्त्री गुप्ता आज वीरगञ्ज–२५ स्थित सुख्खा बन्दरगाह निरीक्षण भ्रमणमा गएका थिए। अतिक्रमित गाउँका स्थानीयहरूले उहाँको स्वागतमा फूलमाला…