काठमाडौं । राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिले १६औं आवधिक योजना (२०८१÷८२–२०८५÷८६) तर्जुमा सम्बन्धमा प्राप्त सुझावका आधारमा सरकारलाइ निर्देशन दिने भएको छ । समितिको सोमबार बसेको बैठकले आवधिक योजनाको मस्यौदा उपर प्राप्त सुझाव, विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौती, योजनाको विशेषता, योजनाका प्रमुख हस्तक्षेपकारी कार्यक्रम, योजना तर्जुमा सम्बन्धमा अगामी क्रियाकलाप लगायतका विषयमा छलफल गर्दै…