Logo

पूर्वप्रधानमन्त्री खनालले दिदीबहिनीबाट लगाए टीका

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले साइतमै दिदीबहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।  भाइ दाताराम खनालसहित भक्तपुर पुगेर दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका ग्रहण गरेको उनका सचिवालयले जनाएको छ ।