काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सर्लाही जिल्लाका शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध आरोपपत्र दायर गरेको छ। पवन कुमार बुढाथोकीले महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुर, रौतहटमा निम्न माध्यमिक शिक्षक तृतीय पदमा नियुक्ति प्राप्त गर्न त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौँबाट जारी भएको नक्कली प्रवीणता प्रमाणपत्र प्रस्तुत गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान…