काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेसमक्ष सचिव राईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायतको उपस्थिति थियो । सभामुखको सिफारिसमा…