काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्न नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह ‘चिनारी’ को लोकर्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरूसँगै गठबन्धन गर्नुपर्ने बताए । कोइरालाले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए…