Logo

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं । राप्रपाको महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापालाई पराजित गर्दै कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरेर पराजित भएकि हुन । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् ।