काठमाडौं । सरकारले नेपालको परम्परागत तथा मौलिक खेलहरुको प्रबन्ध र क्षमतावान खेलाडीहरुको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने घोषणा गरेको छ । मंगलबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक वर्षमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने बताए । अन्तर्राष्ट्रिय खेलकु्द प्रतियोगितामा नेपालको सहभागिता बढाइने पनि…