गोरखा । नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गमा पदयात्राका लागि निस्किएको हो । गोरखा दरबारमा शनिवार आयोजित एक कार्यक्रमबीच पदयात्रामा सहभागी सेनालाई पश्चिम पृतनापती उपरथी सन्तोष बल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले संयुक्त रुपमा टर्च हस्तान्तरण…