Logo

Breaking News 1

उपप्रधान तथा गृहमन्त्रीसँग ८० तोला सुन, अन्य सम्पत्ति श्रीमतीको नाममा 



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्लेख गरेका छन् ।

मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ ।

विवरणअनुसार लामिछानेको ग्लोबल आइएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार चल नगद रहेको उल्लेख छ ।  यस्तै, उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ५१ बजे