Logo

मुख्य समाचार

पर्यटन मन्त्रीको सम्पत्ति विवरण : घर छैन, ४ ठाउँमा जग्गा



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चल अचल सम्पत्तिको रूपमा आफ्नो घर नभएको उल्लेख गरेका छन् । उनले बुझाएअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जग्गा भने नुवाकोट र काठमाडौँमा गरेर ४ ठाउँमा भएको उल्लेख गरेका छन् ।

जसअनुसार उनको नाममा नुवाकोटको पञ्चकन्यामा ७ रोपनी १५ आना हाराहारीमा जग्गा छ । यस्तै शिवमाया तामाङको नाममा पनि नुवाकोटमा २ ठाउँ र काठमाडौँको टोखामा एक ठाउँमा जग्गा रहेको उल्लेख छ ।

यस्तै ७–८ तोला चाँदी, ७ लाख सुन र केही नगद चल सम्पत्तिको रूपमा रहेको उनले उल्लेख गरेका छन् । यसबाहेक तलब भत्ताबाट प्राप्त ७ लाख ५० हजार रुपैयाँ बैंकमा रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : २० बजे