Logo

एक घन्टाका लागि त्रिभुवन विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टाको लागि बन्द गरिएको छ। रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घन्टाको लागि विमानस्थल बन्द गरिएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले बताए। विमानस्थल बन्द भएसँगै एक घन्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू पनि बन्द भएका छन्।