लमजुङ – लमजुङ र मनाङलाई जोड्ने बेँसीसहर–चामे सडक आज दिउँसोदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढ्नका साथै जगत क्षेत्रका विभिन्न स्थानमा ढुंगा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका सूचना अधिकारी अभिषेक पाण्डेका अनुसार दिउँसो करिब साढे २ बजेदेखि सवारीसाधन चल्न नसक्ने अवस्था बनेको हो।…