Logo

सञ्चारमाध्यममा ३३ प्रतिशत महिलाको सहभागिता हुनु जरूरी छः मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त  रूपमा आज यहाँ आयोजित  ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताएकी हुन्  ।…