काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोदहरि गुरागाईंले आसन्न निर्वाचनलाई नीति निर्माण र सामाजिक सन्तुलन जोगाउने निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन् । नेपाल न्यूज बैंकसँगको विस्तृत कुराकानीमा उनले यसपटकको निर्वाचनमा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको उल्लेख गर्दै पार्टीभित्र उत्साह र एकता दुवै सुदृढ…