भक्तपुर । भक्तपुरको ख्वप अस्पतालमा विहीबारदेखि शल्यक्रियाबाट प्रसुती सेवा पनि सुरु भएको छ । सेवा अन्तर्गत पहिलो पटक ३८ वर्षीय महिलाले दिनको १२ः४० मा ३.१८ केजीको स्वस्थ छोरालाई जन्म दिएको अस्पतालले जनाएको छ । भक्तपुर नपा वडा नम्बर ७ गोल्मढीका एक महिलालाई शल्यक्रियामार्फत प्रसुती सेवा प्रदान गरिएको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले जानकारी दिए…