काठमाडौं । फिल्म ‘एक्टर’मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्ममा आनाको आगमनपछि उनले प्रदीपसँग रोमान्स गर्ने पक्कापक्की भएको छ । निर्माण पक्ष र आनाबीच हालैमात्र कागजी सम्झौता भएको छ । दर्शकले पहिलोपटक आना र प्रदीपको अनस्क्रिन रोमान्स फिल्ममा हेर्न पाउनेछन् । राजन भुसालको निर्देशन रहने फिल्ममा…