काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बीहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् । नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए । उनले नेपाल संसारकै सुन्दर देश समेत भएको जिकीर गरे। उनले भने, ‘नेपाल मेरो…