काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन्…