भैरहवा । सुनचाँदी पसल लुट्न आएको समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएको छ । रुपन्देहीको सैनामैना–१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हतौडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन् । बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने योजना बनाएर आएको २ जनाको समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए ।…