Logo

अर्थ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने



काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा प्रिमियम भुक्तानी सुविधा ल्याएको छ । यो सँगै ग्राहकले आफ्नो बीमा भुक्तानी खल्तीबाटै गर्न पाउने भएका छन्।

यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको खल्तीले जनाएकको छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून् ।’

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः

  • ‘खल्ती’ एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकनमा ट्याप गर्ने
  • सिटिजन लाइफ इन्स्योरेन्स सेलेक्ट गर्ने
  • डीओबी (जन्ममिति) र पोलिसी नम्बर भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
  • अब सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पे’मा क्लिक गर्ने
  • ५ हजार प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : १० बजे