Logo

अर्थ

ग्रीन भेन्चर लिमिटेडको आईपीओमा दुई दिनमै साढे चार गुणा अधिकको आवेदन



काठमाडौं । ग्रीन भेन्चर लिमिटेडको आईपीओको दोस्रो दिनमा साढे चार गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको ८ चैत्रदेखि ३१ लाख २५ हजार कित्ता साधारण सेयर आईपीओ खुलेकोमा दुई दिनमा ४.६३ प्रतिशत आवेदन परेको हो ।

सीडीएससीका अनुसार दुई दिनमा एक अर्ब ३३ करोड नौ लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख नौ हजार ३९० कित्ता सेयर आवेदन परेको छ ।

११ चैतसम्म आवेदन दिन सकिनेछ । ११ चैतलाई अन्तिम दिन तोकिएको आईपीओ आवेदन दिने समय अब दुई दिन बाँकी छ ।

आईपीओमध्ये तीन प्रतिशतले हुने ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशतले हुने एक लाख ५६ हजार २५० कित्ता सेयर मिच्युल फण्डलाई बाँडफाँड गरिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : १५ बजे