Logo

अर्थ

सोमबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा तीनसय रुपैँयाले बढेको हो । आज छापावल सुन तोलामा ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ४९ बजे