काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ११ सयले बढेको हो । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ ।
चाँदी आज तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया