Logo

प्रि–ओपन सेसनमा नेप्से ४.४४ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंकले बढेर २,५५०.१७ विन्दुमा पुगेको छ। बिहीबारको नियमित सेसनमा नेप्से १.१३ अंक बढेर २,५४५.७३ विन्दुमा बन्द भएको थियो। प्रि–ओपन सेसन सकिँदासम्म ४७ स्टकका १०५ कारोबारमार्फत १२ हजार ७५६ कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार ७० लाख १० हजार ६४० रुपैयाँ पुगेको छ।…