काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को मुख्यालय वालुवाटारमा कार्यरत सहायक निर्देशक बन्दना शर्माको ‘इमेल प्रकरण’पछि पदाधिकारीहरु आरोपप्रत्यारोपमा उत्रिएका छन् । शर्माले प्रमुख कार्यकारी निर्देशक(सिइओ) राजेन्द्र कुमार राउतमाथि गम्भीर आरोप लगाउँदै एनआरएनएका सम्पूर्ण पदाधिकारीहरुलाई लामो पत्र इमेलमार्फत प्रेसित गरेपछि विभाजित अवस्थामा रहेका पदाधिकारीहरुमा थप ध्रुवीकरण बढेको छ । सहायक निर्देशक शर्माले एनआरएनए भित्रको आर्थिक तथा पदीय…