काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय अवैध ढंगले कब्जा गरेर बसेको बद्री केसी पक्ष समूहले विधान विपरित आउँदो अक्टोबर महिनामा अधिवेशन गर्न लागेको भन्ने समाचारहरु प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । एनआरएनएका प्रवक्ता गंगाधर गौतमले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सम्मानित सर्वोच्च अदालतको परमादेशअनुसार…