काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने अभियान सुरु गरेको छ। 'पुनर्जागरण अभियान' नाम दिइएको योजना जेठ १ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। कम्पनीले विभिन्न कारणले समयमै बीमाशुल्क तिर्न नसकेका ग्राहकलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको हो। बीमालेख अवधि सकिएको अवस्थामा पनि उक्त समयभित्र नवीकरण गरेमा…