काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा परिवर्तन गर्न खासै चासो देखाएका छैनन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १६ वटाले निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि अपेक्षा गरिए पनि अधिकांश बैंकहरू ब्याजदर घटाउनबाट पछि हटेका छन् । फागुनको तुलनामा कुमारी बैंकले मात्र ब्याजदर बढाएको छ, भने सिटिजन्स, हिमालयन…