काठमाडौं। प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ। बैंकका अनुसार योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष तोकिएको छ। योजनाअन्तर्गत घर…