काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतल निवासमा साउदले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन् । कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन्…