पछिल्ला केहीवर्ष यता नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रदर्शन सुधारोन्मुख छ । नेपालले एकदीवसीय मान्यता पाएपछिका ४ वर्षमा भएका खेलमा भने मिश्रित नतिजा आएको थियो । तर पछिल्लो २ महिनायता भइरहेका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने नेपालले लगातार सफलता पाइरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमले पुरानै प्रतिस्पर्धी टिम, युएई, ओमनजस्ता वलिया देशहरुलाई समेत सहजै पराजित गर्न थालेको…