काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी र पूर्वराजाकाबारेमा भएकाे टिप्पणीप्रति आपत्ति जनाएका छन्। राजावादी र पूर्वराजाका गतिविधिले सामाजिक सद्भाव बिथोलिएको भन्ने नेताहरुको अभिव्यक्तिप्रति उनले आपत्ति जनाएका हुन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजावादी र पूर्वराजाका कुन गतिविधिले लोकतन्त्र अवरुद्ध र सामाजिक सद्भाव बिथोलियो ? भन्दै प्रश्न गरे । उनले भने, ‘केही साथीहरूले राजावादीहरू…