काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी परेको छ । अघिल्लो शुक्रबार दायर भएको उक्त रिट आज लगातार सातौ दिन पेशीमा परेको हो । यसअघि उक्त रिट न्यायाधीश कुमार रेग्मी, विनोद शर्मा, प्रकाशमान ढुंगाना, नहकुल…