काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेले रेगुलर फलोअपका क्रममा अस्पताल पुगेको बताइएको छ । यसबारेमा राष्ट्रपतिको सचिवालयले सामान्य चेकजाँच मात्रै भएको बताएको छ । स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुमा समस्या आएको जनाइएको छ । केहीसमयअघि मात्रै भारतमा उपचार गराएर फर्किएका राष्ट्रपति पौडेलको उपचार जारी रहेको बताइएको छ ।…