Logo

Breaking News 1

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै



काठमाडौँ ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

सरकारमा सहभागी नेकपा(एमाले)ले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । एमाले जेठ १ गते सरकारबाट बाहिरिएको थियो । संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।

कुल १०७ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता पर्दछ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई एमाले बाहेकका दलहरूको समर्थन छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ५४ बजे