काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूको बलिदानीबाटै वर्तमान संविधान र सर्वोत्कृष्ट शासन व्यवस्था प्राप्त भएको बताएका छन् । शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले शहीदहरूको बलिदानीकै आधारमा नेपालीले आफ्नो संविधान आफैँ बनाउन सफल भएको बताएका छन् । ‘जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं । संविधानले निर्दिष्ट गरेको…