काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । उनले भने, ‘लगानी वातावरणलाई थप सहज बनाउन विधेयक मार्फत औद्योगिक व्यवस्थापन ऐन २०७६, भूमि सम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्य…