रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की नजिकैको भित्री सडकमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।सोमबार बिहान स्थानीय बासिन्दाले सडकको बीचमा कालो ड्रमले छोपिएको र त्यसमाथि ‘बम’ लेखिएको शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थल पुगेर क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ…