काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन र कार्यादेशका विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ । शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो । बैठकमा कार्यदलका सदस्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी…