Logo

संसद्मा निरन्तर गतिरोध भइरहेका बेला प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज भेट गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलकाबीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जारी संसद्को गतिरोधबारे चासो सँगै चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।…