काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पु¥याउन सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सकिसकेको उल्लेख गर्दै शान्ति प्रक्रियालाई चाँडै सम्पन्न…