रौतहट । कुनै समय रौतहटको गरुडा बजारको रौनक नै बेग्लै थियो। श्रीराम सुगर मिल्सको चिम्नीबाट निस्कने धुवाँले यहाँका हजारौँ किसानको घरमा खुसीको रङ्ग भथ्र्यो। तर आज, त्यही मिलको गेटमा खिया लागेको छ, मेसिनहरू मौन छन् र हजारौँ उखु किसानका सपनाहरू उखुबारीमै ओइलाएका छन् । पहिले(पहिले मङ्सिर लाग्नासाथ गरुडा क्षेत्रमा उखु बोकेका ट्याक्टर र गोरु गाडाको…