काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबार र बुधबार दुई दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ । मंगलबार वडा नम्बर १ मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षिय बालकलाई उद्धार गरियो । बुधबार वडा नम्बर २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र…