काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भू-भागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ…