Logo

घर भत्काउन महानगरको डोजर आएपछि सुकुम्बासीले बन्द गरे गैरीगाउँको बाटो

काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँको सुकुम्बासी बस्तीका बासिन्दाले बाटो बन्द गरेका छन्। काठमाडौं महानगरपालिकाले अवैध रूपमा सुकुम्बासी बस्ती बसेको भन्दै त्यहाँका संरचना भत्काउन शुक्रबार दिउँसो डोजर पठाएको थियो। उक्त क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी पनि परिचालन गरिएको छ।