काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ । आज (बिहीबार) साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्। ‘५ बजेबाट भर्चुअल माध्यमबाट बैठक बस्नेछ’, ढकालले भने, ‘अध्यक्षले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।’…