Logo

Breaking News 1

भाेलि १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ । बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरे पनि निष्कर्ष निस्कन नसकेकाले बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेकाे सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले सूचनामार्फत जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ३ : २५ बजे